कैदीबन्दीलाई सीपमूलक तालीम

रिपोर्ट नेपाल | 2018 Dec 05 | 01:04 pm 2151

महोत्तरी, मंसिर १९ :  जलेश्वर कारागारमा वर्षौंदेखि विभिन्‍न मुद्दामा कैदीबन्दी जीवन गुजारा गरिरहेका ६० जना कैदीबन्दीलाई एक सातसम्मको सीपमूलक तालीम संचालन गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर २ को सहयोग एवं आयोजनामा मंगलबादेखि कारागारका ४२ महिला र १८ पुरुष कैदीबन्दीलाई अगरबत्ती बनाउने तालीमको शुरुआत गरिएको जेलर शोभेन्द्र ठाकुरले बताए ।

तालीम शुभारम्भ प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजकुमार सिंहले गरेका हुन् । उनका अनुसार तालीमले कारागारभित्र बस्ने कैदीबन्दीको सीप विकास हुने, उनीहरू क्षमतावान् बन्‍ने र जेलभित्रैबाट आयआर्जन गर्न सहायकसिद्ध हुने बताए ।

अगरबत्ती बनाउने तालीम लिइसकेपछि कैदीबन्दीलाई कैद अवधि कटाउन सजिलो हुने र कैदपश्चात् पुनःसमाजिक जीवनमा फर्कन सजिलो हुने कुरा पनि सिंहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.