एक वर्षमा प्रहरीले के-के गर्‍याे ? वर्षभरी प्रहरीले गरेकाे सम्पूर्ण उपल्बधि (विवरणसहित)

| 2019 Apr 22 | 03:56 pm 4050

काठमाडौं, वैशाख ९ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा पूर्व शान्ति सुरक्षा नभएसम्म विकासको क्रमले फड्को नमार्ने भएकोले जनतालाई शान्ति सुरक्षा र अमनचयन दिलाउँनका लागि संचार जगतको सहयोगको अपेक्षा गरेका छन् ।

सोमबार प्रहरी प्रधान कार्यालयमा आफ्नो एक वर्षे कार्यकालको प्रगतिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले सरकारले अघि सरेको सुखी नेपाल समृद्ध नेपालको परिकल्पनालाई सार्थक बनाउँन प्रहरी समुदायको साझेदारी प्रभावकारी हुने बताए ।

प्रहरी आफूलाई आमुल परिवर्तन गर्ने तयार भएको प्रष्टाउँदै महानिरीक्षक खनालले प्रहरी नकरात्मक कुरा मात्रै नकोट्याएर सकारात्मक दिशा तर्फ अघि बढ्ने अभियानलाई सहयोग गर्न संचारकर्मीसँग आग्रह गरेका थिए ।

राम्रो हुनका लागि नराम्रो के हो भन्ने विषयमा आफू बहस गर्न तयार भएको भन्दै अव हरेक क्षेत्रमा कार्यरत सबैले रचनात्मक सोच लिएर अगाडि बढ्ने हो भने जस्तो सुकै कठिनाइको पहाड पनि भत्काउन सकिने महानिरीक्षक खनालको भनाई रहेको थियो । राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा प्रहरीलाई कसरी सक्षम र नागरिकमुखी बनाउने अभियानमा प्रहरी रहेकै कारण राष्ट्रिय स्तरमा पुरस्कृत भएको खनालको दावी थियो ।

अन्तराष्ट्रिय स्तरले नेपाल प्रहरीको प्रशंसा गरिरहँदा एक दुई घटनाको विषयलाई लिएर टिका टिप्पणी गर्नु अपराधिक र अपराध कर्म गर्नेको मनोबल बढाउने काम बाहेक अन्य उपलब्धी केही नहुने महानिरीक्षक खनालको भनाई रहेको थियो ।

विकास निर्माणमा अवरोध पुर्याउने देखि समाजलाई आतंकित पर्ने चाहे त्यो संगठित होस् चाहे टोले गुण्डा होस् त्यस्तालाई साइजमा ल्याउन नेपाल प्रहरी सक्षम भएको खनालको भनाई रहेको थियो ।

एक वर्षको छोटो अविधिमा पनि आफूले सोचे अनुसारको सय प्रतिशत नभए पनि प्रहरीलाई जनमुखि बनाउँदै जघन्य अपराधदेखि साइवर क्राइम हुँदै अन्य गलत गतिविधिलाई नियन्त्रण गर्न सफल भएको गर्वका साथ बताएका थिए ।

आफ्नो एक वर्षे कार्यकालमा भएको प्रगति र भावी रणनीति बारे पत्रकार सम्मेलनमा प्रष्टाएका खनालले समाज बनाउने दायित्व प्रहरी मात्रै नभएर सबै क्षेत्र पेशाको भएकोले प्रहरीको आत्मबल उकास्न संचार जगतको ठूलो मद्दत आवश्यक रहेको बताए ।

मुख्य उपलब्धिहरू

• “समुदाय-प्रहरी साझेदारी”: राष्ट्रव्यापी सञ्जाल र अपराध रोकथाममा प्रणालीगत सुधार
• संगठित र पेशेवरआपराधिक गतिविधि नियन्त्रण
• सशस्त्र एवं बिध्वंसात्मक गतिविधिमा प्रभावकारी प्रहरी कारबाही र नियन्त्रण
• प्रभावकारी प्रहरी परिचालनद्वारा कानून र व्यवस्था (Law and Order) कायम
• नयाँ मुलुकी अपराध संहिताको वस्तुनिष्ठ कार्यान्वयन
• सुरक्षा क्षेत्रमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि
• विशिष्टिकृत अनुसन्धान ईकाईहरुको स्थापना
• सांगठनिक व्यवस्थापनमा सूचना प्रविधिको विकास
• आर्थिक अनुशासन र आन्तरिक सुपरिवेक्षण प्रणालीमा प्रभावकारिता
• प्रभावकारी ट्राफिक व्यवस्थापन र विपद् उद्धार

समुदाय-प्रहरी साझेदारी

कार्यक्रम शुभारम्भ: कार्तिक ११, २०७५
अवधारणा (Concept)
• Policing Approach र Model मा सुधार ल्याउने संस्थागत प्राथमिकता ।
• प्रहरी – स्थानीय तह – समुदाय – सामाजिक संघ-संस्था- विद्यालयबीच अपराध रोकथाम, सामुदायिक सुरक्षा र सचेतना कार्यक्रमहरूका लागि साझेदारी निर्माण ।
• विभिन्न तह (जिल्ला, पालिका, वडा, टोल, विद्यालय) मा साझेदारीका संरचना निर्माण ।
समझदारी-पत्र (MoU)
• ७५३ स्थानीय तहहरूमध्ये ७५१ स्थानीय तहसँग ‘समुदाय-प्रहरी साझेदारी’ कार्यान्वयनको लागि समझदारी (Memorandum of Understanding) भएको ।
• गोरखाको चुमनुम्री र डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकासँग निकट भविष्यमा नै समझदारी गर्ने लक्ष्य ।

सामुदायिक सचेतना कार्यक्रम

कार्यक्रम संख्या : २,८५९
सहभागी : ४,३२,८२५
पर्चा, पम्प्लेटवितरण:करिब ५ लाख
सार्वजनिक सुनुवाइ (Public Audit) कार्यक्रम(प्रहरी कार्यमा जवाफदेहिताको लागि समुदायसँग सार्वजनिक सुनुवाइका कार्यक्रम)
२९४ सार्वजनिक सुनुवाई(स्थानीय तह, समुदाय र साझेदार संघ संस्थाहरू र नागरिक समाजको सहभागिता)
वातावरण संरक्षण र सरसफाइलाई प्रोत्साहन गर्न साझेदारी अनुरूपसरसफाइकार्यक्रमहरू सञ्चालन गरिएको ।
५९४ अस्पतालसरसफाइ,
५९४ सरकारी अस्पताल र स्वास्थ्य चौकीहरूमासरसफाइ र बगैँचा निर्माणको लागि साझेदारी कार्यक्रम सञ्चालन गरिएको ।
प्रहरी विद्यालय सम्पर्क कार्यक्रम
कार्यक्रम संख्या : २,१९१
विद्यार्थी संख्या : १,९४,५७८
अभिभावक : १०,२०८
“प्रहरीसँग १ दिन” कार्यक्रम : २१८ विद्यालय

समुदाय-प्रहरी साझेदारी लागू भए पश्चात्:

फरार अभियुक्त पक्राउ: २२६३, अवैध हातहतियार नियन्त्रण: ४३५ थान

लागू औषध तथा अवैध मदिरा नियन्त्रण

 

कैदीबन्दीको सुधार: कारागारलाई किताब

कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरूकाकारागारहरूको लागि कुल २१ लाख ८३ हजार ७७२ रुपैयाँ मूल्य बराबरका ८,६३८ किताबहरू समुदाय-प्रहरी साझेदारी अन्तर्गत संकलन भई पुस्तकालय स्थापना भएका । 

Prison Smart Course

  • नेपाल प्रहरीको विशेष सक्रियतामा कैदीबन्दीहरु तनाव व्यवस्थापनको लागि “Prison Smart Course” सञ्चालन गरिएको ।

सकारात्मक सोच र सामाजिकिकरणको लागि उत्प्रेरित गर्ने लक्ष्य ।

 

 

समुदाय-प्रहरी साझेदारीका विभिन्न कार्यक्रमहरू मार्फत २८ लाख, ७६ हजार २३९ जना नागरिकहरूसँग प्रहरीको योजनाबद्ध अन्तरक्रिया ।

प्रारम्भिक प्रभाव मूल्याङ्कन(Initial Impact Assessment)

  • समुदाय-प्रहरी साझेदारी कार्यान्वयनको ३ महिना पश्चात् स्वतन्त्र विज्ञहरूबाट हरेक प्रदेशमा यस कार्यक्रमको प्रारम्भिक मूल्याङ्कन गरिएको ।
  • ७ प्रदेश, ७७ जिल्लाहरूबाट राय संकलन गरिएको ।
  • प्राध्यापक, विद्यार्थी, अभिभावक, मानव अधिकारकर्मी, उद्योगी, प्रशासक,समाजसेवी, पत्रकार एवं सामुदायिक सेवा, नागरिक समाज, सुधार केन्द्र, शान्ति समाज लगायतका नागरिक सरोकारका विभिन्न क्षेत्रहरुमा क्रियाशिल स्वतन्त्र विज्ञहरु ।

सकारात्मक प्रभाव

  • राष्ट्र व्यापी सञ्जाल ।
  • स्थानीय तह र प्रहरीलाई जोडने कडी ।
  • निरन्तर संवाद तथा अन्तरक्रियाको माध्यमबाट जनता र प्रहरी बीच विश्वास र सुमुधुर सम्बन्ध निर्माण ।
  • सूचना संकलनमा सहजता, अपराध न्यूनिकरणमा सहायक ।
  • समाजमा प्रहरी प्रति सकारात्मक सन्देश प्रवाह ।
  • प्रहरी सेवामा समुदायको पहुँचमा अभिवृद्धि गर्ने माध्यम ।
  • जनस्तरमा पुगी राज्य र जनताको अन्तर सम्बन्ध कायम गर्ने अत्यन्त प्रभावकारी साधन ।
  • राष्ट्र व्यापी सञ्जाल ।
  • स्थानीय तह र प्रहरीलाई जोडने कडी ।
  • निरन्तर संवाद तथा अन्तरक्रियाको माध्यमवाट जनता र प्रहरी बीच विश्वास र सुमुधुर सम्बन्ध निर्माण ।
  • सूचना संकलनमा सहजता, अपराध न्यूनिकरणमा सहायक ।
  • समाजमा प्रहरीप्रति सकारात्मक सन्देश प्रवाह ।
  • प्रहरी सेवामा समुदायको पहुँचमा अभिवृद्धि गर्ने माध्यम ।
  • जनस्तरमा पुगी राज्य र जनताको अन्तर सम्बन्ध कायम गर्ने अत्यन्त प्रभावकारी साधन ।

सुधारका पक्षहरू

  • व्यापक रूपमा गाउँ टोल सम्म पुर्‍याउनु पर्ने ।
  • विशिष्टिकृत शाखा र जनशक्तिको व्यवस्थापन ।
  • श्रोत व्यवस्थापनमा पर निर्भरता हटाई नियमित बजेटको व्यवस्था गर्नुपर्ने ।
  • नैतिक ज्ञान र राष्ट्र प्रेमका विषयहरू थप गर्नुपर्ने (विगतका विद्रोह तथा द्वन्द्वहरूको कारण विभाजित समाजको परिप्रेक्ष्यमा)
  • सेवा निवृत्तहरूको सहभागिता
  • बैठक र अन्तरक्रियाको नियमितता
  • जोखिममा रहेका समूह लक्षित कार्यक्रमहरू वृद्धि गर्नुपर्ने ।
  • धार्मिक, सांस्कृतिक पर्वहरूमा सामाजिक सद्भाव, सहयोग, मित्रता, सदाचार प्रवर्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • निरन्तर बदलिँदै र थपिदैं जाने चुनौतीहरू थपिँदै जाने हुँदा यस कार्यक्रमलाई संस्थागत, अद्यावधिक र परिष्कृत गर्दै दिगो रूपमा अगाडि बढाउनको अर्को विकल्प छैन ।
  • समुदाय-प्रहरी साझेदारी बारे स्थानीय तहका जनप्रतिनिधिहरूलाई थप अनुशिक्षण गर्नुपर्ने ।

अपराध नियन्त्रण तथा अपराध अनुसन्धानतर्फ

 

अवैध सुन बरामद

अवैध सुन बरामद: ७८ के.जी. ८७६ ग्राम

राजश्व असुली: ४५ करोड ४ लाख ६० हजार ६५

पक्राउ प्रतिवादी: १३७ जना

राजस्व चुहावट नियन्त्रण

बरामद सामाग्रीको कुल योगदान: रु. ४२ करोड २३ लाख ०९ हजार १००

पक्राउ: २८१ जना

राजस्व योगदान

ट्राफिककारवाही: रु. १,०६,६८,९१,००० ।-

अवैध सुन बरामद: रु ४५,०४, ६०,०६५ ।-

भन्सार छली (बरामद): रु ४२,२३,०९,१००।–

कुल योगदान रकम: १ अर्ब, ९३ करोड, ९६ लाख, ६० हजार १६५ रुपैयाँ

अपराध अनुसन्धानमा विशिष्टिकृत जनशक्ति

कुल दरबन्दी: ७५,९२७

कुल कार्यरत जनशक्ति:६३,९२७

अपराध अनुसन्धान अन्तर्गत कार्यरत जनशक्ति: ३१९० (५%)

लक्ष्य: १०%

कुल ३७२४ जना प्रहरी कर्मचारीहरूलाई नयाँ फौजदारी अपराध संहिताको बारेमा प्रशिक्षक प्रशिक्षण (ToT) प्रदान गरी प्रशिक्षकहरू मार्फत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाईअनुशिक्षण प्रदान गरिएको । 

अन्तर्राष्ट्रिय समझदारी:

  • नेपाल प्रहरीका प्रहरी महानिरीक्षकसर्वेन्द्र खनाल र कतारका Public Security Director General Sayd Bin Jassim Al Khulaifiबीच सुरक्षा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न
  • समझदारीबाट दुई राष्ट्रका प्रहरी संगठनहरुबीचको व्यवस्थित सूचना आदान-प्रदान तथा संयुक्त कारबाहीमा सहजता
  • संगठित अपराध, जटिल अन्तर्देशीय अपराध एवं आतङ्कवाद जस्ता अपराधको नियन्त्रणमा उल्लेख्य सहयोग पुग्ने 
    • TIAमा INTERPOLको Mobile Integrated Network Database (MIND) Deviceलाई थप परिष्कृत गरी Real Time Searchसुविधा सहितको Fixed Integrated Network Database (FIND)जडान गर्नको लागि NCB Kathmandu र अध्यागमन विभाग बीचMoUभई आवश्यक कार्यार्थ INTERPOL HQ मा जानकारी भइसकेको।
    • INTERPOLको Stolen and Lost Travel Document (SLTD) Databaseजडान भए यता हालसम्म १,९६,७७१ वटा हराएका वा चोरी भएका राहदानीहरूको अभिलेखराखिएको ।
    • NCB Kathmandu द्वारा चार वटा महत्वपूर्णतालिमहरू आयोजना (विभिन्न राष्ट्रका ८१ जना, नेपाल प्रहरी बाट २२ जना र अन्य सरकारी निकायका ३ जना सहित कूल १०६ जनाको क्षमता अभिवृद्धि।

    INTERPOL Exchange of Cooperation बाट नेपालमा अपराध गरी विदेशमा पक्राउ परेका फरार ५ जना नेपालीहरू

    • मिना लामा (कुवेतबाट20 May 2018), मानव बेच-बिखन मुद्दा
    • श्याम कुमार लामा (कुवेतबाट24 May 2018), मानव बेच-बिखन मुद्दा
    • सिंह लाल थिङ् (UAE बाट 01 Jul 2018), ज.ज.क.
    • सोम नाथ निरौला (15 Aug 2018), ठगी
    • बेनु श्रेष्ठ (14 Oct 2018), ३३.५ किलो सुन प्रकरण

     

    उल्लेखनीय अनुसन्धान र कारबाही

    • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
    • निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचन, बुटवल युवा संघका कार्यकर्ता दुर्गा तिवारी हत्याकाण्ड र दावा लामालाई गोली प्रहार गरी फरार रहेका प्रतिवादीहरु पक्राउ ।
    • मुख्य योजनाकार समिरमान सिंह बस्न्यात चितवनबाट २०७५।०८।१७ गते पक्राउ ।
    • लोप्साङ भन्ने सोम तामाङ, रोशन बुढाथोकी र अम्बरबहादुर रानालाई काँकडभिट्टाबाट मिति २०७५।०७।१२ गते पक्राउ ।
    • बाल यौन दुराचार (Pedophilia) विरुद्धको कारबाही

    नेपाली बालकहरुलाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार (Pedophilia) गर्ने बिभिन्न मुलुकका ६ जना विदेशी नागरिकहरू र १ नेपाली नागरिकलाई  पक्राउ गरी कारबाही ।

    1. Piet Hein Van Terwisga,66 Yrs, Netherlands
    2. Christophe Guilloux, 42 Yrs, France
    3. Denis Mathieu Michel Chupau, 38 Yrs, France
    4. IAIN ROBERT COLE, 50 Yrs, United Kingdom
    5. Georges Igor Simansky, 69, France
    6. Ajay Poddar, 19 Yrs,India
    7. Kumar Rokka, 23 Yrs, Nepal

    २५ जना पीडित बालकहरूलाई उद्धार गरी मनोसामाजिक परामर्शर पुनर्स्थापना गरिएको ।

    • नक्कली नेपाली मुद्राको कारोबार नियन्त्रण

    नेपाली नक्कली नोटहरु छापी बजारमा वितरण गर्ने गिरोहका ५ जना सदस्यहरु नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने विभिन्न सामाग्री सहित २०७५।०७।०३ गते कीर्तिपुरबाट पक्राउ ।

    पक्राउ व्यक्तिहरु:

    १. पर्सागढी नगरपालिका-३ का २७ वर्षीय ईन्द्रवहादुर श्रेष्ठ,

    २. गोरखा शहिद लखन गाउँपालिका-८ का २५ वर्षीय नारायण श्रेष्ठ,

    ३. मकवानपुर हर्नामाडी-९ का २५ वर्षीय साहिलथापामगर,

    ४. पर्सा विरुवागुठी-३ का २८ वर्षीय राज श्रेष्ठ

    ५. कागेश्वरी मनहरा-११ का २९ वर्षीय विकास दोचे

    • १३ वर्ष पछि अभियुक्त पक्राउ
    • २०६२।११।२३ मा नेपालगञ्जका सुनचाँदी व्यवसायी दिपकहेमकरसहित उनको परिवारका ५ जनाको घाँटी रेटी हत्या ।
    • घटनाको मुख्य अभियुक्त किशोरीलाल सोनी नेपाल–भारत सीमा नाका जमुनाहबाट २०७५।०६।१३ गते पक्राउ ।
    • नाबालिकाको अपहरण, जबरजस्ती करणी र हत्या
    • नाबालिकाको अपहरण, जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त पक्राउ

    महोत्तरी औरही नगरपालिका-१ बस्ने ८ महिनाकी नाबालिकालाई २०७५ भदौ १० गते अपहरण गरी जबरजस्ती करणी तथा हत्या गरी फरार भङगाहा नगरपालिका-६ बस्ने २६ वर्षीय भरत साहलाई मिति २०७५।०७।०३ गते पक्राउ गरिएको ।

    • जबरजस्ती करणी तथा हत्यामा संलग्न अभियुक्त २४ घन्टाभित्र पक्राउ

    १० वर्षीया बालिकालाई जबरजस्ती करणी तथा हत्यामा संलग्न पोखरा महानगरपालिका-२२ कोदी बस्ने २७ वर्षीय कुसुम पौडेललाई घटनाको २४ घन्टाभित्र मिति २०७५।०६।०९ गते पक्राउ गरिएको ।

    • किर्ते कागजात खडा गरी ७० करोड मूल्य बराबरको सम्पत्ति ठगी गर्ने पक्राउ

    किर्ते कागजात बनाई करीव ७० करोड रुपैयाँ बराबरको ठगी गर्ने मुख्य योजनाकार  राजन प्रसाद लम्साल,निरजकुमार मानन्धर,जितबहादुर मगर, कम्पनी रजिष्ट्रारको कार्यालयका सहायक रजिष्ट्रार नारायण प्रसाद पोखरेल,उमेशमान जोशी तथा करारमा कार्यरत २ जना कर्मचारी सहित १२ जना २०७५।०५।२० गते पक्राउ ।

     

    • बैंकिङ्ग कसुरका अभियुक्त पक्राउ
    • तत्कालिनकिष्टबैंकका प्रबन्धक संचालक कमल ज्ञवाली
    • जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभललपमेन्टबैंकबाट खराब धितोमा १२ करोड ऋण लिई बैंकिङ्ग कसुर गरेको अभियोग ।
    • ४ वर्ष जेल र ६ करोड ६५ लाख रुपैंयाजरिवाना तोकिएको ।
    • २०७५।०६।१९ गते पक्राउ ।
    • फरार अभियुक्त पक्राउ
    • भ्रष्टाचार मुद्दामा पुनरावेदन अदालतको २०५७ असोज २१ गतेको फैसलाले १ करोड २३ लाख ५३ हजार ८ सय ८० रुपैयाँ जरीवाना र १ वर्ष कैद ठहर भई फरार रहेका ललितपुर धापाखेल बस्ने ४९ वर्षीय रामकुमार खड्का ललितपुर, धापाखेलबाट २०७५।०७।०८ गते पक्राउ ।
    • फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार चलान ।

     

    सुरक्षाव्यवस्थापन

    • समग्रमा देशको आन्तरिक सुरक्षाको प्रभावकारी व्यवस्थापन , कानुन र व्यवस्था (Law and Order) कायम।
    • अन्तर्राष्ट्रिय कानून र संविधानद्वारा प्रत्याभूत नागरिक तथा राजनीतिक हक अधिकारको पूर्ण उपभोग गर्ने बाताबरण ।
    • अन्तर्राष्ट्रिय, क्षेत्रीय आतंकबाद तथा राष्ट्रिय अतिवादकागतिविधिहरुमा प्रभावकारी नियन्त्रण ।
    • अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा छिमेकी मुलुकहरूका सुरक्षा चासोहरूको सम्बन्धमा नेपाल सरकारले अवलम्बन गरेका सुरक्षा र विदेश नीतिहरूको प्रभावकारी कार्यान्वयन ।
    • अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका महत्वपूर्ण मञ्च र आयोजनाहरुमा प्रभावकारी सुरक्षा व्यवस्था ।
    • प्रभावकारी विपद उद्धार ।

    अन्तर्राष्ट्रिय सम्मेलनको सुरक्षा

    • २०७५/०५/१४ र १५

    काठमाडौं

    बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (BIMSTEC) को चौथो सम्मेलन

    • २०७५/०८/१५ र १६

    काठमाडौं

    ASIA PACIFIC SUMMIT 2018

    • २०७५/१२/१५ र १६

    काठमाडौं

    NEPAL INVESTMENT SUMMIT 2019

     

    विध्वंसात्मकगतिविधि नियन्त्रण

    विध्वंसात्मक गतिविधीमा संलग्न विरुद्ध कानुनी कारबाहि

ट्राफिकव्यवस्थापन

  • उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि ३ महिनेकार्ययोजना बनाई कार्यान्वयन ।

१. करीडोरकोUnder Pass खोल्ने

२. फुटपाथ हटाउने

३. चालक सहचालक प्रशिक्षण कार्यक्रम

४. Zebra Crossing निर्माण गर्ने

५. बस पकेट नियमन गर्ने

७ प्रदेशमा Refresh Centre को स्थापना र सञ्चालन ।

व्यवस्थापन तथा प्रशासन

नयाँ नियुक्ति

लामो समय देखि अवरुद्ध नियुक्ति,सरुवा,पदोन्नति लगायतका प्रशासनिक गतिविधि सुचारु

जनपद तर्फ – ११९५ जना

प्राविधिक तर्फ – ४१ जना

प्रहरी अधिकृत तथा जवान नियुक्त -१,२३६

पदोन्नति

विशेष उपलब्धी:एक वर्षको अवधिमा प्रहरी जवान पदबाट प्रहरी हवल्दारको रिक्त पदमा कुल ३५ पटक पदोन्नती गरि जम्मा ५,२२६ जना प्रहरी जवानको पदोन्नती गरिएको ।

क्षमता अभिवृद्धि (प्रशिक्षण)

  • सिनियर प्रहरी अधिकृत -१,२८९ जना
  • जुनियर प्रहरी अधिकृत -५,९४१ जना
  • अन्य दर्जा -११,०५४ जना
  • जम्मा                         -१८,२८४ जना
  • १५ वटा नयाँ पाठ्यक्रम निर्माण
  • ९ वटा पुराना पाठ्यक्रम परिमार्जन गरिएको । स्रोत व्यवस्थापन
    • ५०० मोटरसाइकल वितरण, थप ३४० खरिद, एक प्रहरी चौकी-एक सवारी साधन
    • ५ थान खरिद २ प्रक्रियामा(सबै प्रदेशमा Water Canon को लक्ष्य)
    • १८ सवारी साधन खरिद,४३ थान खरिदको ठेक्का सम्झौता
    • सवारी कारकेड मोटरसाइकल थान ३० खरिद सम्झौता सम्पन्न
    • नयाँ स्थापना गरिएका ब्यूरोहरूको लागि आवश्यक मेसिनरी, औजार एवं उपकरण खरिदको क्रममा रहेको

     

    आर्थिक सुशासन

    • बेरुजू फर्छ्यौटमा गृह मन्त्रालय र अन्तर्गतका कार्यालयहरूमा सर्वोकृष्ट स्थान हासिल गर्न सफल भएकोमा नेपाल सरकार मन्त्री स्तरीय निर्णय बमोजिम नेपाल प्रहरी पुरस्कृत ।
    • बेरुजू फर्छ्यौट: आ.व. २०७३/०७४ सम्म कायम कुल बेरुजू ६८,४१,७०,००० को ८५.१४% फर्छ्यौट ।
    • आ.व. २०७४।०७५ सालसम्म कायम बेरुजू रु. ६१,१३,८९,०००।– मध्ये २०७५ चैत्र १५ गतेसम्म ६६.९२% फर्छ्यौट गरी आर्थिक अनुशासनमा निरन्तर सफलता हासिल ।

    निशुल्कजग्गा प्राप्ति (कुल जग्गा प्राप्ति:२,५५२ रोपनी)

    • प्रदेश १: ६८० रोपनी १० आना
    • प्रदेश २:१०९६ रोपनी ७ आना
    • प्रदेश ४:७७४ रोपनी १३ आना

    ‍

     

    प्रहरी मनोबल, उत्प्रेरणा र सुपरिवेक्षण प्रणाली

ट्राफिकप्रोत्साहन भत्ता

महानगरीयट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत ट्राफिक प्रहरीको मनोबल अभिवृद्धिका लागि प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ मन्त्रिपरिषदबाटपारितभई लागू भएको ।

नीतिगततथा कानुनी विकासतर्फ

  • सुत्र परिचालन निर्देशिका २०७५
  • सूचना प्रविधि सहायता कार्यादेश २०७५
  • संघीय प्रहरी इकाइ कार्यालय कार्यादेश २०७५
  • केन्द्रीय साइबर ब्यूरो कार्य सञ्चालन कार्यादेश २०७५
  • मानव वेचबिखन नियन्त्रण ब्यूरो (स्थापना तथा कार्य सञ्चालन नियमावली) २०७५

सूचना प्रविधि प्रणालीमा सुधार

सूचना तथा सञ्चार प्रविधि

  • १०४ वटा कार्यालयहरूमा कम्प्युटर नेटवर्क (intranet) विस्तार
  • Virtual E-Class, Virtual Meeting with Video Conference को उपयोग
  • Cyber Security को दृष्टिले सुरक्षित Enterprise Email System बाट Institutional Email को व्यवस्था
  • Nepal Police Data Center को स्थापना
  • Nepal Police Mobile App for Intranet Circular and Geo-Attendance निर्माण
  • Leave Management Information System (Web Based)
  • Stolen, Lost and Found Properties Application
  • Wanted and Most Wanted Persons Application
  • United Nations Office on Drugs and Crime (UNODC) ले गरेको अपराध वर्गीकरण बमोजिम Crime and Criminal Information System मा अद्यावधिक गरिएको
  • विदेशबाट चारित्रिक प्रमाणपत्रको लागि Email मार्फत नै दर्ता गर्न सकिने प्रणालीको विकास
  • Traffic Communication App को निर्माण तथा सञ्चालन
  • लामो दूरी चल्ने यात्रुबाहेक सवारी साधनहरूमा दुई जना सवारी चालक हुनु पर्ने कानूनी व्यवस्थाको कार्यान्वयन
  • ६ वटा ट्राफिक चेक प्वाइन्ट: नागढुङ्गा (काठमाण्डौ), शम्भुनाथ (सप्तरी), कर्मैया (सर्लाही), सुनवल (नवलपरासी पश्चिम) , कोहलपुर (बाँके) र अत्तरीया (कैलाली)

 

Achievements Recognized

उत्कृष्टताका लागि सम्मानित

  • आ.व. २०७३/०७४ सम्म कायम कुल बेरुजू ६८,४१,७०,००० को ८५.१४% फर्छ्यौट गरी गृह मन्त्रालय र अन्तर्गतका कार्यालयहरूमा सर्वोकृष्ट स्थान हासिल गर्न सफल भएकोमा नेपाल सरकार मन्त्री स्तरीय निर्णय बमोजिम नेपाल प्रहरी पुरस्कृत
  • संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले “Asia Environmental Enforcement Award 2018” प्राप्त गर्न सफल भएको
  • नेपाल प्रहरीले आफ्नो आन्तरिक प्रशासनमा सूचना प्रविधिको प्रभावकारी उपयोग गरेको मात्र नभएर सूचना प्रविधिको उत्कृष्ट उपयोगद्वारा नागरिकलाई सहज एवं सुलभ सेवा प्रवाहको लागी Living with ICT द्वारा “Digital Governance ICT Award 2018” द्वारा सम्मानित
  • जापानस्थितAsian-Oceanian Computing Industry Organization (ASOCIO) द्वारा सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई प्रदान गर्ने “ASOCIO 2018 Digital Government Award” द्वारा नेपाल प्रहरी सम्मानित

‍

भावी योजना(Way Forward)

आवश्यक थप जनशक्ति तथा पूर्वाधार

  • नयाँ स्थापनाका लागि माग भएका प्रहरी कार्यालय: ७५० ( ६३९ प्र.चौ. समेत )
  • स्तरवृद्धिको लागि माग भई आएका प्रहरी कार्यालयहरू: ४४२ ( प्र.चौ. बाट “ख” स्तरको ई.प्र.का. २५२ समेत )
  • नयाँ स्थापना तथा स्तरवृद्धि गरिने प्रहरी कार्यालयहरूमा आवश्यक थप जनशक्ति: २२,४१८
    ( प्र.ह./प्र.ज. १८,०६९ समेत )

प्रहरी जवान केन्द्रित भौतिक निर्माण

  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भौतिक पूर्वाधार निर्माणमा थप प्राथमिकताका लागी अनुरोध ।
  • “एक प्रहरी-एक खाट” अनुरूप पहिलो चरणमा १२,००० थान खाट निर्माणको लक्ष्य ।
  • ७०० प्रहरी कार्यालयहरूमा मेश/शौचालय/स्नान गृहको निर्माण ।
  • ब्यारेक प्रणाली भएका कार्यालयमा Fitness & Recreation Room निर्माण ।

श्रोत व्यवस्थापन

  • प्रदेश स्तरमा नयाँ स्थापना भएका विपद् व्यवस्थापन गुल्मका लागी अत्यावश्यक विपद् व्यवस्थापन सामाग्री तथा उपकरणहरू उपलब्ध गराई क्षमता अभिवृद्धि ।
  • गैह्र-घातक हतियार खरिद गर्ने तर्फ विशेष पहल
  • पुराना तथा जीर्ण सवारी साधनहरू लिलाम गरी ५०० थान सवारी साधनहरू खरिद गर्ने तर्फ पहल
  • प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न सुरु स्केलका सामाग्रीहरूको खपत अवधि घटाउने तर्फ विशेष पहल
  • नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाको प्रादेशिक स्तरमा विस्तार एवं स्तरोन्नती ।
  • गण्डकी प्रदेश र प्रदेश नं. २ मा नेपाल प्रहरी अस्पतालको विस्तार गर्ने तर्फ आवश्यक प्रकृया अगाडि बढाउने ।

अपराध अनुसन्धान

  • अनुसन्धानकर्ता ‘प्रहरी’ र अभियोजनकर्ता ‘सरकारी वकिल’ को प्रदेश स्तरीय संयुक्त सम्मेलन आयोजना
  • ‘Quick Responseto Crime’ लाई थप प्रभावकारी बनाउन Investigative Tools सहितको Crime Investigation Vehicle को उपलब्धता
  • SOCO Kit Box को उपलब्धतामा वृद्धि
  • Evidence Tracking Management System Software निर्माण
  • सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय,केनाइन शाखा धनगढीबाट कुकुर सेवाको सुरुवात भए सँगै प्रदेश नं २ र ५ मा समेत केनाईन सेवा सञ्चालनको लागि आवश्यक पहल
  • Dog Vehicle खरिद
  • Crime Hotspots, Airport, Border Points मा Facial Recognition CCTV System जडान
  • काठमाडौं उपत्यका भित्रिने मुख्य नाकानागढुंगा र काभ्रेपलान्चोकमा Vehicle X-ray System जडान
  • Automated Fingerprint Identification Systemको विस्तार
  • विशिष्टिकृत अनुसन्धान ब्यूरो (CIB, NCB, Cyber Bureau, Human Trafficking Investigation Bureau, Special Bureau) लागि आधुनिकप्रविधि, उपकरण र संरचना सुदृढीकरण
  • ‘जोखिम समूह लक्षित एकीकृत सेवा केन्द्र’ स्थापनार्थ तयार गरिएको अवधारणा-पत्र गृह मन्त्रालयमा पेश

समुदाय-प्रहरी साझेदारी

  • राष्ट्रिय प्राथमिकता र नेपाल सरकारको दीर्घकालीन दूरदृष्टि तथा योजनामा समावेश ।
  • राष्ट्रिय नीतिको रूपमा विकास र कार्यान्वयन ।
  • सुरक्षा सचेतना र अपराध रोकथामको लागि राज्यको लगानीको सुनिश्चितता ।
  • राष्ट्रव्यापी सञ्जालको माध्यमबाट हरेक घर, टोल, समुदाय र विद्यालय मार्फत हरेक नागरिकमा सुरक्षा सचेतना अभिवृद्धि गर्ने र सुरक्षा व्यवस्थापनमा जन साझेदारी अभिवृद्धि गर्ने ।

सूचना प्रविधि

  • मुद्दा चल्ने २१० वटै मुद्दा चल्ने प्रहरी ईकाईमाintranet) विस्तार
  • Online Police Clearance Reporting System को विकास
  • GIS based traffic information center को विकास
  • Digital Platform हरुकोस्तरोन्नती (Website, Social Media etc.)
  • Digital Archive System को विकास (श्रव्य दृष्यसामाग्रीहरुको अभिलेख)
  • नेपाल प्रहरीले विकास गरी प्रयोगमा ल्याएका सम्पूर्ण Mobile App हरुलाई एकीकृत गरी Integrated Nepal Police Mobile App को रूपमा विकास गरिने ।

 

 

सञ्चार

  • CCTV नेटवर्कमा Video Management System प्रयोग गर्ने
  • Nepal Police Mega City Communication System (IP Based) लाई पहिलो चरणमा झापा, मोरङ र धनकुटा जिल्लामा विस्तार गरिने ।
  • Unmanned Aerial Vehicle (UAV) – Drone को प्रयोग गर्ने तथा Drone प्रतिरक्षा प्रणालीको समेत प्रारम्भगर्ने ।
  • Inventory Management Information System विकास गरी स्केलका सामाग्रीको वितरणलाई वैज्ञानिक, पारदर्शी, मितव्ययी बनाइने
  • Road Accident Information Management System को विस्तार र व्यवस्थापन

कल्याणकारी कार्यक्रमहरू

  • प्रहरी कल्याणकोषको विस्तार: प्रदेश तथा जिल्ला स्तरसम्म
  • नयाँ FPU Mission को लागि आवश्यक बन्दोबस्ती
  • पुलिस स्कुलको स्थापना (चितवन, सुर्खेत)

अन्वेषण/अध्ययनका लागि प्रस्तावितप्रमुख विषय

  • प्रहरी सेवा प्रति प्रहरी कर्मचारीहरूको सन्तुष्टिको अवस्था
  • प्रहरी सेवा प्रति आम युवाहरूको आकर्षण
  • समुदाय-प्रहरी साझेदारी कार्यक्रमले समुदायमा पारेको प्रभाव
  • प्रहरी सेवा प्रति सिमान्तकृत समुदाय र महिलाहरूको आकर्षण
  • नेपाल प्रहरी प्रति आम नागरिकको धारणा
  • प्रहरी सेवाको वर्तमान अवस्था तथा आम जनताको अपेक्षा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.