केन्द्र सरकारले अटेरगरेपछि प्रदेश सरकारले शोक मनाउँदै

रिपोर्ट नेपाल | 2019 Apr 08 | 06:45 am 2259

धनुषा, चैत्र २५ : हावाहुरीमा परेर ज्यान गुमाएकाको सम्झनामा प्रदेश–२ सरकारले शोक मनाउने निर्णय गरेको छ।

बारा र पर्सामा आएको हावाहुरीमा परेर ज्यान गुमाउनेको सम्झनामा चैत्र ३० गते शोक मनाउने निर्णय गरिएको २ नम्बर प्रदेश सरकारले जनाएको छ । यस्तो ठूलो विपत्तिमा शोक घोषणा गर्न पटकपटक आग्रह गर्दा पनि केन्द्र सरकारले अटेर गरेपछि प्रदेश २ सरकारले शोक घोषणा गरेको हो।

मन्त्रिपरिषद् बैठकले मृतकको १३ औं दिनको पुण्य तिथिमा चैत ३० गते शोक मनाउने निर्णय गरेको हो। सरकारले ३० गते बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौन धारण गर्न आह्वान गरेको छ।

प्रदेश सरकारले तत्काल मृतक परिवारलाई किरिया खर्च वापत जनही २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.