केन्द्रीय सदस्य श्रेष्ठलाई गुल्मी रेडक्रसकाे बधाई

रिपोर्ट नेपाल | 2023 Aug 01 | 06:25 pm 2237

गुल्मी साउन १६/ नेपाल रेडक्रस साेसाइटी गुल्मी शाखाले हालै केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित अनुप कुमार श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको छ।

साेसाइटीकाे सदरमुकाम तमघासमा रहेको कार्यालयमा सभापति राजेन्द्रप्रसाद श्रेष्ठ लगाएतका पदाधिकारीले सदस्य श्रेष्ठलाई बधाई दिएका हुन।काेषाध्यक्ष बाट रेडक्रस प्रवेश गरेका केन्द्रीय सदस्य श्रेष्ठ दुई कार्यकाल मन्त्री र दुई कार्यकाल गुल्मी रेडक्रसको सभापति बनिसकेका हुन।

ओठमा जुँगाकाे रेखि बस्दा नबस्दै समाजसेवामा सकृय श्रेष्ठ आफै जिल्लाका नेतृत्वमा नबस्ने भनेपछि बल्ल जिल्लाकाे नेतृत्व परिवर्तन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.