कृष्णनगरमा लगाइएको कर्फ्यु प्रशासनले हटायो

रिपोर्ट नेपाल | 2019 Nov 02 | 07:33 am 2369

कपिलवस्तु, कात्तिक १६: दीपावलीमा पूजा गरिएको गणेश/लक्ष्मी पूजाकोे मूर्ति बिसर्जन गर्ने विषयलाई लिएर उत्पन्न भएको हिंसा रोक्न कृष्णनगरमा लगाइएको कर्फ्यु प्रशासनले शनिबार बिहानदेखि हटाएको छ।

मूर्ति बिसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो।

बुधबार राति १० बजेदेखि १ बजेसम्म दुई धार्मिक समुदायबीच् झडप भएको थियो। लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला सुरक्षा समितिको बैठकले कृष्णनगर बजार वरपरका क्षेत्रमा क्रफ्यु जारी गरेको थियो।

हिंसामा दुई समुदायबीच ६ जना प्रर्दशनकारी र १२ जना प्रहरी घाइते भएका थिए। कर्फ्यु आदेशको अवज्ञा गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमै चियापसल सञ्चालन गर्दै आएका भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको थियो।

यसैबीच दुई पक्षको झडपका कारण भएको तनावले रोकिएका मूर्ति विर्सजन ११ बुँदे सहमति भएसँगै विर्सजन गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.