कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु

| 2018 Oct 21 | 07:09 pm 1905

कपिलवस्तु, कात्तिक ४ :  दुर्गा देवीकाे मुर्ति विसर्जन गर्ने र नगर्नेबीच झगडा हुँदा स्थिति नियन्त्रणमा नआएकोले कृष्णनगरमा आइतबार साँझदेखि कर्फ्यु आदेश गरिएको छ ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलका अनुसार शुक्रबार बजार परिक्रमा गरी दुर्गाको मुर्ति विसर्जन गर्ने भनिए पनि अहिलेसम्म विसर्जन गर्न सकिएको छैन ।

विसर्जन गर्नेबारे दुई पक्षको चर्काचर्की पछि स्थिती नियन्त्रण बाहिर गएको थियो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर र लाठी चार्ज गरेको थियो ।

प्रदर्शनमा लाठी, हसियाँ र भाला ल्याएपछि प्रहरीले वाध्य भएर हवाई फायर गर्नु परेको डिएसपी रवी रावलले बताए । कर्फ्यु जारी भएपछि अहिले बुटवल र दाङबाट प्रहरी झिकाएर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीलाई कृष्णनगर वरिपरीका एरियामा तैनाथ पारिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.