डोटी, फागुन २८: बुधबार बिहान जोरायल गाउँपालिकास्थित कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी जलेर गम्भिर घाइते भएका छन् ।
घाइते हुनेमा कार्यालयमा बस्दै आएका ४५ वर्षीय बलबहादुर खड्का जलेर गम्भिर घाइते भएका हुन् ।
घाइते खड्कालाई उपचारका लागि कैलालीतर्फ लैजाने तयारी भइरहेको डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।
आगलागीबाट कार्यालयको एउटा कोठा जलेर नष्ट भएको बताइएको छ । स्थानीयवासी, कर्मचारी, इलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको स्थानीयवासी लोकेन्द्रबहादुर छेडालले बताए ।
कार्यालयमा के कसरी आगलागी भयो भन्नेबारे विस्तृत विवरण नआए पनि विद्युत् सर्ट भएर हुनसक्ने अनुमान स्थानीयवासीको छ ।
आगलागीबाट करिब ८–१० लाख मूल्य बराबरको क्षति भएको हुन सक्ने प्रहरीको अनुमान छ ।