कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाललाई डेंगु, अस्पताल भर्ना

रिपोर्ट नेपाल | 2019 Sep 05 | 02:48 pm 2071

काठमाडौं, १९ भदौ : कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ। रगत जाँचका क्रममा डेंगुको संक्रमण देखिएपछि बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए।

गत शुक्रबार हेटौंडाबाट फर्किएलगत्तै रुघाखोकी लाग्ने र ज्वरो आउने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उनको रगत परीक्षण गरिएको थियो। मन्त्रीलाई डेंगु भएको रिपोर्ट आएको थियो।

डेंगु भएको पुष्टी भएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको गिरीले बताए। पछिल्लो समय देशका विभिन्न भागमा डेंगीको समस्या छ। साउनयतामात्रै झन्डै २५ सय जनामा यो रोग देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.