कृषिलाई व्यवसायीक केन्द्रबिन्दु बनाउनुपर्छः कानुन मन्त्री कार्की 

रिपोर्ट नेपाल | 2021 Aug 26 | 10:53 am 1825

  • अजमल अन्सारी

सुनसरी, भदौ १०ः सुनसरी मोरङ सिचाई योजना जल उपभोक्ता समन्वय समिति सुखसेना शाखा नहर कार्यालयको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नवनिर्मित कार्यालयको उद्घाटन गरेका छन्।

बुधबार गाउँपालिकाको वडा नम्बर २ को अकहा स्थितमा रहेको वडा कार्यालयको कम्पाउण्डमा आयोजित एक समारोहका बीच मन्त्री कार्कीले स्थापना गरिएको नवनिर्मित तीन कोठे भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आठौँ साधारण सभाले गरेका योजनालाई सबैले मिलेर कार्यान्वयन गर्नुपर्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले हाम्रो देश जलश्रोतको धनी देश हो, पानी भनेको जीवन हो, हामीसंग यति जलश्रोतको सम्भावना हुँदाहुँदैपनि हामीले सहि रुपले सिचाइलाई महत्व दिदापनि जुनहिसाबले सदुपयोग गर्नुपर्थ्यो त्यो हिसाबले नभएको बताउदै मन्त्री कार्कीले हाम्रो तराई क्षेत्रको लागि अन्नको भण्डारको रुपमा परिणत गर्नुपर्दछ, यसबारेमा हामीले विचार विमर्श गरेर नेपालमा उपलब्धता भएका जलश्रोतलाई सिचाइमा परिणत गरेर यो क्षेत्रलाई अन्नको भण्डार बनाउने र कृषिलाई यस क्षेत्रमा आधारित किसानहरुको लागि व्यवसायीक कृषिमा केन्द्रबिन्दु बनाउन सरकारले लागी परेको बताए ।

कृषिका लागि विभिन्न कानुन बनाएर सरकारले कार्वनययन गर्ने प्रतिबद्धता जनाउदै किसानलाई धनी बनाउनतिर आकर्षन गर्नु जरुरी रहेको बताउदै म सरकारको मन्त्री र तपाईहरु मलाई निर्वाचित गराउनु भएकोले जनप्रतिनिधिको हैसियतले यहाँका समस्यालाई समाधान गर्नैछु र सरकारले नेपाली जनताका जीवन रक्षाको निम्ति अगाडि बढेको छ, यो वर्षभित्रमा सबै नागरिकलाई खोप उपलब्ध गराउने बताउदै यस विषम परिस्थितीमा स्वास्थ्य सर्तकता अपनाउदै भोक्राहा नरसिंहबासीका लागि दुईवटा अक्सिजन कन्सटेन्टर उपलब्ध गराउने बताए।

उक्त कार्यक्रममा जल उपभोक्ता समन्वय समितिको अध्यक्ष सुकदेव मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, भोक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहाल, भोक्राहा नरसिंह गाउँपालिकाका नेता हाजी इसराइल मन्सुरी लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.