कुशल प्रशासक पाण्डेलाई अध्यक्ष ज्ञवालीको स्वागत

| 2023 Aug 13 | 04:09 pm 2997

गुल्मी, साउन २८ । ऐतिहासिक धार्मिक तिर्थस्थल रुरु गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले आजदेखि आफ्नो कार्यभार संहालेका छन् ।

कुशल प्रशासक पाण्डेलाई गाँउपालिकाका अध्यक्ष एवं युवा उर्जाशिल नेता यदु ज्ञवालीले स्वागत गरेका थिए। अधिकृत पाण्डेलाई नेपाली कांग्रेस रुरु १ नम्बर वडाका सभापति अमुल्य श्रेष्ठले समेत स्वागत सम्मान गरेका थिए। यस अघि गुल्मी दरवार गाँउपालिकामा लामो समय कार्यरत रहेका पाण्डेले त्यहाँको सामाजिक शैक्षिक विकासमा आमुल परिवर्तन गराउन उल्लेख्य भूमीका निर्वाह गरेका थिए। पाण्डेलाई नजिकबाट नियालेका गाँउपालिकाका अध्यक्ष यदु ज्ञवालीले पहिलो प्राथमिकता दिएका हुन ।

सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले कर्मचारीलाई पनि क्षमता अनुसारको काम र सम्मान गर्ने गरेको एक कर्मचारी बताउछन । गुल्मी दरवारमा सफल मानिएका पाण्डेले रुरु गाँउपालिकाको धार्मिक, पर्यटन र सामाजिक विकासका कार्य योजना ल्याएर रुरुको विकास‌मा अध्यक्ष ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृतको उल्लेख्य देन हुने कुरामा रुरुवासी आशावादी बनेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.