कुवेत पठाइदिन्छु भनि रकम ठगी गर्ने चौधरी प्रहरी फन्दामा

| 2020 Nov 13 | 06:01 pm 3716

काठमाडौं, कात्तिक २८ः कुवते पठाइदिन्छु भनि रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका ५ तेतरिया घर भई हाल काठमाडौं नयाँ बानेश्वर, शान्तिनगर बस्ने ४२ वर्षीय बुधनारायण चौधरी रहेका छन् ।

उनले आफूलाई कामनपा गौशाला स्थित राजदेवी ईन्टरनेशनल प्रा.लि.को कर्मचारी भएको र बैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनी विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई प्रति व्यक्ति २ लाख सम्म रकम उठाई ७० जना भन्दा बढी व्यक्तिलाई ठगी गरेका थिए ।

ठगी गरी सम्पर्क बिहीन भई फरार रहेको भनि कमलकुमार माझी समेतले प्रहरीमा दिएको जाहेरी सम्धन्धमा उक्त ठगी कार्यमा संलग्न चौधरीलाई पक्राउ गरी शुक्रबार थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.