कुवेतमा मदिरा भट्टी चलाउने ४ नेपाली पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 13 | 04:01 pm 1708

काठमाडाै‌ँ, पुस २९ :  कुवेतमा अवैध ढङ्गले मदिरा भट्टी सञ्चालन गरेको आरोपमा चार जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । जसमा २ पुरुष र २ महिला छन् । कुवेती प्रहरीले कुवेतको जावेद अल मोहम्मद क्षेत्रमा नेपालीको अवैध भट्टी फेला परेको हो । यो क्षेत्रमा नेपालीको बाक्लो बस्ती छ ।

पक्राउ पर्ने दुई नेपाली महिला घरेलु कामदारको रूपमा कुवेत पुगेका थिए । घरबाट भागेर बाहिर निस्केका उनीहरूलाई मदिरा उत्पादन कार्यमा लगाइएको हो ।

कुवेतमा मदिरा उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध छ । नेपाली जाँड रक्सीको ठुलो माग भएकोले अवैध ढङ्गले उत्पादन तथा विक्री वितरण हुँदै आएको छ । प्रहरीले ठुलो परिमाणमा मदिरा समेत जफत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.