पाँचथर, असार ७ः कुलो बनाउने क्रममा माथिबाट आएको पहिरोले पुरिएर एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाँउपालिका–२ फलैचामा रहेको इन्द्रावती प्राविमा पढाउने ५८ वर्षीय शिक्षक टेकनाथ धौराली रहेका छन् ।
उनकाे सोमवार बिहान ज्यान गएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिए । चार जनाले कुलो सोरिरहेका बेला माथिबाट आएको पहिरोले टेकनाथको ज्यान लिएको हो । उनको घटनास्थलमै ज्यान गएको बताइएकाे छ ।