पर्वत, असाेज २२ः बिहीबार बिहान विद्यालय जाने क्रममा कुलोले बगाउँदा पर्वतमा ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फलेबास नगरपालिका-६ चन्दनीकी ८ वर्षीया श्रीयासी राना रहेका छन् । उनीको चौबिस कुरिया जाने कुलोले बगाउँदा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएकाे छ ।
कुलोले बगाएर गम्भीर भएकी बालिकालाई स्थानीयले उद्दार गरी उपचारको लागि स्थानीय धुलिखेल अस्पताल खनिगाँउ लगेकोमा डाक्टरले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।
चिकित्सकले बालिकालाई दिउसो १२:३० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।