कुटपिट गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

| 2023 Sep 15 | 02:55 pm 1937

दाङ, भदाै २९ ।  आफ्नै बुवा ५१ वर्षीय प्रेम बहादुर केसीको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-५ दलजितपुर बस्ने २८ वर्षीय सन्तोष केसीलाई  प्रहरीले पक्राउ गरेको छ ।

सुतिरहेको अवस्थामा सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएका प्रेम बहादुरको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । मादक पदार्थ सेवन गरी आफ्नै बुवालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.