नवलपरासी (पूर्व), कात्तिक १६ : कुटपिट गरि हत्या गरेको अभियोगमा कावासोती नगरपालिका १४ बस्ने २१ वर्षीय सुदिप क्षेत्री समेत ६ जनालाई आज शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले कावासोती नगरपालिका १६ स्थित मध्यबिन्दु अस्पताल अगाडि सोही नगरपालिका चोरमारा बस्ने २३ वर्षीय बिष्णु थापालाई कुटपिट गर्दा गम्भीर घाइते भएकोमा नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको बुझिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।