बैतडी, असार २८: कुटपिटबाट बैतडीमा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा पुर्चौडी नगरपालिका-३ ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्की रहेका छन् । उनको कुटपिटबाट मृत्यु भएको हाे।
सोही ठाउँका ४६ वर्षीय पुरन बहादुर बोहराको कुटाइबाट पार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए।
असार २५ गते राती बोहराले कुटपिट गरी घाइते बनाएको र हिजो स्थानीय गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जोशीले बताए। कुटपिट गर्ने बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको पनि उनले बताए।
मृतक पार्कीको शव पोष्टमाटमपछि आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। के करणले घटना भएको हो भन्नेबारे अझै खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।