दाङ, असाेज ३०ः कुखुरा चोर्न खोजेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ३ नयाँ बस्ती निवासी १८ बर्षीय नरेश चौधरी रहेका छन् ।
गएराति छिमेकी ओमप्रकाश घर्ती र उनका बुवा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिए ।
घर्ती परिवारले चोरको आरोप लगाएपछि उनकौ घरमा आएका चौधरीलाई बाबु छोरा मिलेर हात र लठ्ठीले चौधरीमाथि कुटपिटि भएको प्रहरीले जनाएको छ ।
रक्ताम्य हुँदै घर गएका चौधरीको अत्यधिक रक्तश्रावाका कारण मृत्यु भएको प्रहरीले जनाएको हो । घटनामा संलग्न बाबुछोरालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएकाे छ ।