कुटपिटबाट एककाे मृत्यु, कुटपिट गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2021 Jul 06 | 07:03 pm 1757

रुकुम (पूर्व), २०७८ असार २२ः पुथाउत्तरगंगा गाउँपालिका-४ घुन्मा बस्ने २९ वर्षीय लजिम बिकको कुटपिटबाट मंगलबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ४१ वर्षीय धर्मजित र उनीबीच एक आपसमा झगडा हुँदा धर्मजितले कुटोले टाउकोमा प्रहार गर्दा लजिमको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय रन्मामैकोटबाट खटिएको प्रहरीले धर्मजितलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.