चिन्तन पौडेल
युवा जागरण अभियानका संयोजक एबं नेपाली काँग्रेसका युवा नेता चिन्तन पौडेलले कुनै पनि समस्याको समाधान वार्ताबाटै सम्भव रहेको बताएका छन् । नेपाल र भारतबिच पछिल्लाे समय सिमा बिवाद चर्किदै गएकाे छ। भारतका गृहमन्त्री राजनाथ सिंहले एकलाैटि रुपमा नेपालकाे भुभाग लिपुलेक,कालापानि क्षेत्रबाट बाट चिनकाे मानसराेबर जाेड्ने सडक निर्माण कार्यकाे उद्घाटन गरेपछि नेपालले लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटेर नक्सा सार्वजनिक गरेपछि पौडेलले यस्तो बताएका हुन् ।
उनले सगरमाथा समस्यामा विपिले चीन समक्ष प्रत्यक्ष वार्ता गरेर समस्या समाधान गरेको इतिहास रहेको भन्दै विपिको नेपाल विकास र समाजवाद उन्मुख नीति सहन नसकी विदेशी शक्ति सँग मिलि राजा महेन्द्रले आफ्नो हातमा सत्ता लिएको स्मरण गरेका छन् । ।
‘कांग्रेसलाई अराष्ट्रिय तत्व बताउने उनै महेन्द्र भारत चीन युद्द ताका नेपाली भुमीमा छिमेकी गण स्थापना गर्न पछि परेनन् ।
आखिर नेपालको विकास र जनता प्रतिको उत्तर दायित्व राजाको लागि त्यहि रहेछ ,’ उनले भने, ‘ पछि कांग्रेसलाई तह लगाउने उद्देश्यले नै दरबारले कम्युनिस्ट जन्माउने काम नेपालमा गरेको सबैलाई ज्ञान भएको कुरो हो ।’
उनले को कति पानीमा छ त्यो बुझ्नु पर्ने बताए । नेपालको विकास दुइटा शक्तिशाली रास्ट्रको विचको कोशेढुङ्गा बनेर मात्र सम्भव रहेको भन्दै उनले १३० करोड र १४० करोडसम्म आफ्नो बजार पुर्याउन सक्नुपर्ने बताए ।
‘त्यसैले कुनै पनि समस्याको समाधान वार्ताबाट नै सम्भव छ । अन्य विकल्प सस्तो लोकप्रियता बाहेक केहि हैनन्, युवा नेता चिन्तन पाैडेलले भने ।