काठमाडाैं, भदाै ४ । बैदेशिक रोजगारीका लागि कुक आइसल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका वडा नं. ६ स्थाई घर भई हाल काठमाडाै सरस्वतीनगर बस्ने वर्ष ३७ को प्रकाश बोहराले संजिव चौलागाई समेत २ जनालाई कुक आइसल्याण्ड पठाईदिने भनि ठगि गरेका हुन ।
उनले उक्त देश जानका लागि प्रतिव्यक्ति ८ लाख लाग्ने, त्यहाँ पुगेपछि सेक्युरिटी गार्ड र स्टोरकिपरमा काम लगाइदिने, मासिक १ लाख भन्दा धेरै तलव हुने भनी विश्वास दिलाई पीडितहरुबाट पटक पटक गरी ४ लाख रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए ।
उनलाई वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रकाश बोहरा लाई मिनभवन बाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् । ।