काठमाडौं, पुस ८ः हास्य कलाकार ईकु (सुलेमान शंकर) को संस्थालाई डाँफे युवा समाज परिवारले आर्थिक सहयोग गरेको छ । थुप्रै सिरियल र रंगमंञ्चमा मानोरञ्जन दिएका इकुले त्यो भन्दा बढी समाजसेवामा समेत सकृय रहेर काम गरेका छन् ।

उनले नेपाल टेलिभिजनबाट प्रशारित (मेरी बास्सै) हास्य टेलिसिरियलमा (इकु)को भूमिकाबाट हास्यकला क्षेत्रमा प्रवेश गरेका हुन् । त्यसपछि उनी आफैले हास्य चलचित्र समेत निर्माण गरेका थिए । यसै कक्रममा इकुले मुलपानीमा स्नेही आश्रम चलाएर थुप्रै असहाय बालबालिकाको उद्धार समेत गरेका छन् ।

कलाकारिताको माध्ययबाट आम नेपालीलाई हसाउँदै आएका इकुले समाजसेवामा थुप्रै असहाय र निमुखा टुहुरा बालबालिकाको भविष्यका लागि साहाराका रुपमा काम गरिरहेका छन् ।
उक्त स्नेही आश्रममा डाँफे युवा समाज परिवारले आश्रममा रहेका बालबालिकाको अति आवश्यक शिक्षा, स्वास्थ्य र हेरचाहमा केही सहयोग पुगोस भन्ने धारणाले १ लाख १ सय ११ रुपैयाँ संचालक सुलेमान शंकर (इकु) लाई हस्तान्तरण गरेका छन् ।

सहयोग रकम बुझ्दै आश्रम संचालक इकुले भने, म यस युवा समाजका सबै सदस्यहरू, डाँफे युवा समाजका संस्थापक अध्यक्ष श्री रोशमालाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । हामीलाई सोशल मिडियामा भेटेर एक असल परिवारको रूपमा सहयोग पुर्याउने। हामी पनि स्नेह आश्रम सदस्य सुरेनलाई यो मद्दत प्राप्त गर्नका लागि धन्यवाद दिन चाहन्छौं। साथै, सबै सहयोगी हृदयहरूलाई धेरै धन्यवाद। हामी आउँदो दिनमा पनि तपाईबाट यस प्रकारको अमूल्य सहयोगको आशा गर्दछौं धन्यवाद ।