किर्नाले टोकेर एक व्यक्तिको मृत्यु

रिपोर्ट नेपाल | 2019 Sep 07 | 05:30 pm 1911

पाँचथर, भदाै २१:  (एकप्रकारको किरा) किर्नाले टोकेर डेढ साता अघि विरामी परेका एक व्यक्तिको मृत्यु भएको छ ।

फिदिम नगरपालिका–४, गढीका विनोद कुगेनम्बाको उक्त किराले टाेकेर मृत्यु भएको हो । किराले टाेकेर विरामी परेका कुगेनम्बाको पाँचथर अस्पताल र नोबेल अस्पताल विराटनगरमा गर्दा समेत उपचार गर्दा सम्भव नभएपछि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा  उनकाे मृत्य भएको आफन्त उपेन्द्र लावतीले जानकारी दिए ।

उनी पाँचथरस्थित फिदिम–७, रानिटार माविमा शिक्षण गर्दै थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.