किर्तीपुरबाट ९ जुवाडे पक्राउ

| 2023 Jun 30 | 11:44 am 2973

काठमाडौं, असार १५ । किर्तिपुर नगरपालिका ४ दुधपोखरीस्थित अजित बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा मनोज बिष्टसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार १ सय ८५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी कीर्तिपुर नगरपालिका १ चाँदनी चोकस्थित माइला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा नबिन शर्मा डोटेलसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले नगद ५३ हजार ४ सय ४५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.