किरात राई विद्यार्थी संघको अध्यक्षमा जितेन राई निर्विरोध निर्वाचित

रिपोर्ट नेपाल | 2019 May 12 | 04:43 pm 2141

खोटाङ, वैशाख २९ :  किरात राई विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा जितेन राई निर्विरोध निर्वाचित भएका छन् । खोटाङ दिक्तेलमा यही बैशाख २६ गतेदेखि सुरु भई २८ गते सम्पन्न भएको संघको ९औं राष्ट्रिय सम्मेलनबाट जितेन राई नयाँ कार्यसमितिकाे लागि सर्वसम्मत रुपमा चयन भएका हुन् ।

नवाै‌ँ सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्ष सोभित राई, सन्तोष राई चयन भएका छन् भने महासचिवमा रबिन राई, सचिवमा प्रबिना राई र दिपेन राई सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । कोषाध्यक्ष देब कुमार बाहिङ्ग राई र सह-कोषाध्यक्षमा प्रभा राई रहेका छन् ।

त्यस्तै प्रचारप्रसार विभाग प्रमुखमा उदिम चलिङ्ग, शैक्षिक विभाग प्रमुखमा भिम दुमी राई, प्रमुख प्रशिक्षण विभागमा निराजन किराती, प्रमुख भाषा ,धर्म, सस्कृति विभागमा समिप साङ्गपाङ्ग राई, अनुशासन प्रमुखमा डार्बिन राई, महिला बिभाग प्रमुख सुशिल राई, स्वयमसेबक बिभाग प्रमुखमा संजय राई, अतिरिक्त्त कृयाकलाप प्रमुखमा सिताराम राई, विदेश बिभागमा सुमन राई रहेका छन् ।

केन्द्रिय सदस्यहरुमा तिलक राई, ममता राई, विसा बिख्याती राई, इशाक् राई, दिपक राई, रोशन राई, सागर राई, किरण राई, रमाला राई , नबिन राई ,बसन्त राई, सजिना राई , हेम राज राई, श्याम्कला राई, इन्द्रहाङ्ग राई, रमेश राई चयन भएका छन् ।

‘पहिचान सहितको संघिय शिक्षा प्रणाली लागू गरौं–किरात स्वयत्त राज्य निर्माणका लागि गाउँ नगर लागौं’ भन्ने मूल नाराका साथ सम्मेलन सम्पन्न भएकाे थियाे ।

सम्मेलनको बन्द सत्रमा किरात राई विद्यार्थी संघले आफ्नो समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र अधिकार अस्तित्व स्थापनाका लागि सबै राई विद्यार्थीलाई गोलन्द गर्ने विषयमा छलफल गरिएकाे थियाे ।

संघले आफ्नो जातिको मात्र नभई आदिवासि जनजाति, दलित, महिला, मधेसी, मुस्लिम तथा अल्पसंख्यकहरु माथिको भाषिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक तथा शैक्षिक विभेदको विरुद्ध सशक्त आवाज उठाउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.