काठमाडौं, मंसिर १३/ नेपाल प्रहरीमा रिक्त सात एसपीका लागि बढुवामा पर्नका लागि डिएसपी हरूकाे दाैडधुप चलिरहेको छ।रिक्त रहेको पदपूर्ति समयमा नगरिदा लामो समयदेखि बढुवाको लाइनमा बसेकाहरू तनावमा परेका छन।सवै प्रक्रियाबाट बढुवाका लागि दिन गनेर बसेका डिएसपी हरू कतै शक्ति र पैसाको बलमा बढुवामा नपरेर कनिष्ठकाे बढुवा हुने हाे कि भन्ने चिन्ताले छटपटाएका छन ।केही जुनियर डिएसपी हरू आफ्नो बढुवा हुनुपर्ने भन्दै शक्तिकेन्द्र धाउनमा व्यस्त छन। प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर देश बाहिर भएको कारण बढुवा प्रक्रिया अघि नबढेको भनिएता पनि सात जना बढुवा गर्नुपर्नेमा प्रतिष्पर्धि बढी भएका कारण बढुवामा ढिलाइ भएको बताइन्छ ।बढुवाका लागि प्रदिप क्षेत्री ,अंगुर जिसी,ढकेन्द्र खतिवडा,यादव ढकाल,श्यामबाबु ओलिया,नारायण रंजितकार,निरन्जनदत्त भट्ट क्रमस सात नम्बरमा रहेका छन।क्रमस भन्दा दक्षता र कार्यक्षमता हेरिने भएकोले सन्ताेष तामाङ ,एकनारायण काेइराला,राजन लिम्बू,अनन्त शर्मा विनोद घिमिरे पनि तिव्र दाैडधुपमा लागेका छन।गृहमन्त्री माओवादी भएका कारण प्रधानमन्त्री प्रचण्डको पिएसओ बसेका घिमिरेले बाजि मार्न सक्ने अनुमान लगाइएको छ।कार्यक्षमता र दक्षतालाई हेर्नेहाे भने सन्तोष तामाङ अग्रस्थानमा पर्ने अधिकृत हुन।