किन रोक्न सकेन टिपर आतंक !

रिपोर्ट नेपाल | 2019 Apr 03 | 07:25 pm 2569

काठमाडौं, चैत २०: टिपरको ठक्करबाट बुधबार एक मोटरसाइकल चालकको मृत्यु भएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा २ ख ६७८२ नम्बरको टिपरले बा८३प १७९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीय राजेन्द्रप्रसाद आचार्यको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका आचार्य उपचारका क्रममा सिभिल अस्पताल बानेश्वरमा मृत्यु भएको बताएका छन् । साथै ठक्कर दिने टिपर चालक धादिङका २७ वर्षीय सोमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.