किन दियो सरकारले वैशाख २ गते विदा ?

रिपोर्ट नेपाल | 2019 Apr 13 | 07:00 am 2693

काठमाडौं, चैत्र ३० : सरकारले आगामी वैशाख २ गते परेको सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक विदा दिने भएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले उक्त सूचना पाँच वटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको छ ।

सरकारले अघिल्लो बर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले त्यसको विरोध गर्दै विदाको माग गरेका थिए । तराईमा बस्ने आदिवासी (राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी) समुदायले सिरुवा पर्व मनाउने गर्दछन् । २०७६ साल बैशाख १ गतेदेखि तीन दिन सम्म यी समुदायले सिरुवा पर्व मनाउने गरेको छ ।

गृह मन्त्रालयकाे सूचना

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.