किन जादैछन् पूर्वराजा ज्ञानेन्द्र तराई

रिपोर्ट नेपाल | 2019 Jan 27 | 03:22 pm 2285

काठमाडौं, १३  : पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार निजि भ्रमणका क्रममा तराईका जिल्ला जाने भएका छन् । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार आज अपरान्ह ४ बजे हवाइजहाजबाट सिमारा जाने र एक हप्ता सिमरा मै बस्ने कार्यक्रम रहेको छ ।

पूर्वराजा एक हप्तासम्म सिमरामा बस्दा प्रभुवासमा बस्ने बुझिएको छ । एक हप्ताको सिमरा बसाईपछि पूर्व राजा शाह दमक जाने कार्यक्राम रहेको छ ।

सिमरामा एक हप्ता बसे पनि दमकमा भने लामो बसाई हुने भएको छ । भ्रमणका क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले विभिन्न क्षेत्रका व्यक्तित्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.