किन छाडे दिपक बोहराले राणालाई ?

| 2019 Feb 24 | 04:46 pm 3729

काठमाडौं, फागुन १२ : कमल थापाले नेतृत्व गरेको पूर्वपंचहरुको पार्टी राप्रपाबाट आधा दर्जन प्रभावशाली नेताहरुले पार्टी त्याग गरिरहेको अवस्थामा पशुपति शमशेर राणा नेतृत्वको राप्रपाबाट पनि एक जना बरिष्ठ नेता कमला थापाको पार्टीमा प्रवेश गरेका छन् ।

प्राप्त समाचार अनुसार प्रभावशाली नेता जयन्त चन्द, भरत चन्दलगायत आधा दर्जन नेता कमल थापालाई छाडेर पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको पार्टीमा प्रवेश गर्ने भएका छन् ।

केहि दिन अगाडि यि दुई नेताले नेतृत्व गरेको पार्टी एकीकरण भएपछि पूर्वमन्त्री समेत रहेका बरिष्ठ नेता दिपक बोहराले असन्तुष्टी पोख्दै आएका थिए ।

एकाता प्रति असन्तुष्टी भएका बोहरा आइतबार कमल थापाले नेतृत्व गरेको पार्टीमा प्रवेश गरेका छन् । पशुपति शमशेर राणाका खास मान्छे र विश्वासपात्र मानिने दिपक बोहराले राणालाई छाडेर थापालाई रोजेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.