किन चुलियो सभापति र महामन्त्रीबीचमा विवाद ?

रिपोर्ट नेपाल | 2019 Apr 26 | 10:38 am 1847

काठमाडौं, वैशाख १३ : प्रतिपक्षी काँग्रेसमा देशभित्रकै पार्टी संरचना र जनसंगठन लथालिंग भइरहेका बेला देशबाहिरको एउटा जनसम्पर्क समितिको विषयलाई लिएर पार्टी सभापति र महामन्त्रीका बीचमा विवाद चर्किएको छ ।

पार्टीको निर्वाचित कार्यसमिति विधान विपरित विघटन गरेको भन्दै पार्टी सभापति शेरवहादुर देउवा र महामन्त्री डा शसांक कोइरालाबीच विवाद बढेको हो ।

देउवाको निर्देशनमा वेल्जियमस्थित पार्टीको जनसम्पर्क समितिको निर्वाचित कार्यसमिति विघटन भएपछि दुई नेताबीच विवदा चर्किएको छ । विवाद बढेसागै त्यहाँ कांग्रेसको दुईवटा जनसम्पर्क कमिटि बनेको छ । देउवाले जनसम्पर्क समितिको निर्वाचित कार्यसमिति विघटन गरेर तर्दथ समिति बनाएका छन् । तर्दथ समिति बनाएको भोलिपल्टै महामन्त्री कोइरालाले उक्त कार्य विधान बिपरित भएको भन्दै निर्वाचित कमिटिलाई नै काम गर्न निर्देशन दिएका छन् ।

वेल्जियममा कांग्रेसको निर्वाचित कमिटि अध्यक्ष सीता सापकोटा थिइन् । देउवाले उनको कमिटि विघटन गरेर माधव सापकोटाको नेतृत्वमा छुटटै ६९ सदस्यीय कमिटिको घोषणा गरेका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टीभित्रै अर्का तेश्रो धार निर्माण गरिरहेका नेता कृष्णप्रसाद सिटौलाले पनि सभापति देउवाले निर्वाचित कार्यसमिति विघटन गरी तर्दथ समिति बनाएकोमा बिराधे गरेका छन् ।

उनीहरुले पनि सभापतिले विधान बिपरितको काम गरेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयले त्यहाँको विवाद मिलाएर अधिवेशन गराउन केन्द्रीय प्रतिनिधीका रुपमा आमन्त्रित सदस्य किरणराज पौडेललाई वेल्जियम पठाएको थियो ।

३३ दिन वेल्जियम बस्दा पनि उनले विवाद मिलाउन नसकेपछि निर्वाचित कार्यसमिति बिघटन भएको निर्देशन दिएर पौडेल स्वदेश फर्केका थिए । उनकै सिफारिसका आधारमा वैशाख १० गते पार्टी कार्यलयका मुख्य सचिव कृष्ण पौडेलले विज्ञेप्ती जारी गदै सीता सापकोटा नेतृत्वको निर्वाचित कमिटि विघटन भएको र माधव सापकोटाको नेतृत्वमा ६९ सदस्यीय तर्दथ समिति गठन गरेको निर्णय बाहिर ल्याएका थिए ।

सभापति देउवाकै निर्देशनमा निर्वाचित कमिटि विघटन गरेपछि महामन्त्री कोइरालाले केन्द्रीय प्रतिनिधी पौडेल र पार्टी केन्द्रीय कार्यालयद्दारा जारी पत्र विधान बिपरित भएको भन्दै सीता सापकोटा नेतृत्वमा रहेको कमिटिलाई नै अधिवेशन तयारी गर्न निर्देशन दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.