किन गरे सङ्घीय संसद्का महासचिव गौतमले राजीनामा

| 2023 Dec 11 | 01:43 pm 1065

काठमाडौँ, मंसिर २५ – सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनुभएको छ ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा दिनुभएको हो । महासचिव डा. गौतम विसं २०५१ मा सेवामा प्रवेश गर्नुभएको थियो भने विसं २०७७ वैशाख २२ गते संसद्को महासचिव पदमा नियुक्त हुनुभएको थियो ।

रिक्त सङ्घीय संसद्को महासचिव पदमा नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त निर्णयबाट सचिवालयका सचिव पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.