काठमाडौं, फागुन २२ : लामो समय पूर्वि तराईका जिल्लामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह आज बुधबार साँझ नर्भिक अस्पताल पुगेका छन् ।
पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाहको मंगलबार एक्कासि स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
अस्पताल भर्ना भएका मुमाबडामहारानीको स्वास्थ्य अवस्था वारे बुझ्न पूर्वराजा ज्ञानेन्द्र नर्भिक पुगेका हुन् ।