सप्तरी, वैशाख १४: राजविराजमा एक महिलाले आफ्नै जेठाजुको शरीरमा भातको तातो माड खन्याएरघाइते बनाएका छन् । राजविराज नगरपालिका ११ फर्सैठका राजकुमार खंगको शरीरमा उनका आफ्नै बुहारीले भोलीदेवी खंगले माड खन्याएको प्रहरीले जनाएको छ ।
शुक्रबार भएको उक्त घटनाका घाइते राजकुमारको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ भने बुहारी भोलीदेवीलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।
भेलीदेवीका श्रीमान रोजगारका निम्ति विदेशमा रहेको बखतमा घर अगाडिकै नालाको बिषयमा राजकुमारसँग विवाद भएको र सोही क्रममा उनले माड खन्याएर जेठाजुलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।