किन काटिदिए दाईको हात भाईले !

| 2019 Mar 30 | 05:43 pm 2947

खोटाङ, चैत्र १६ : केपिलासगिढि गाँउपालिका वडा नम्बर–७ सुङदेलका एक युवकले आफ्नै दाजुको दुबै हात छिनालेर फरार भएका छन् । गएराति करिब १ बजेको समयमा २२ बर्षिय बालकुमार राईले आफ्नै २५ वर्षिय दाई अष्ट बहादुर राईको दुबै हात काटेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

उक्त घटना घरायसी विवादका कारण भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटना गराएर फरार रहेका भाई बाल कुमारको भने खोजी कार्य शुरु गरिएको प्रहरी नायब उपरिक्षक राजकुमार केसिले जनाएको छ । घाईते भएका अष्ट बहादुरको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि काठमाडौ रेफर गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.