विराटनगर, असार २१ । नेकपा एमालेबाट कोशी प्रदेशका मुख्यमन्त्री बनेका हिक्मत कार्कीलाई मुख्यमन्त्रीबाट हटाइए पछि गठबन्धनका नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै दलका नेता थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । थापाले नेपाली कांग्रेसका २९ माओवादी केन्द्रका १२ एकीकृत समाजवादीका ४, जनता समाजवादीका १ र सभामुख बावुराम गौतमको साथ समर्थन आफूमा रहेको भन्दै प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए ।