काेराेना संक्रमित कैदी आइसोलेसनबाट फरार

| 2020 Sep 25 | 12:39 pm 1806

स्याङ्जा, असाेज ९ः कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका एक कैदी गएराति आइसोलेसनबाटै भागेका छन् । भाग्नेमा अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय युवक रहेका छन् ।

उनी भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचार गराइरहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । गाई मारेको अभियागमा उनी जेल परेका थिए ।

कारागारमा ठाउँ अभाव भएकाले ती युवकलाई कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा उनको उपचार गराइएकाे बुझिएकाे छ ।

संक्रमित नै भागेपछि अस्पतालको सुरक्षामा थप चुनौती थपिएको छ भने समाजमा समेत सङ्क्रमण फैलिन सक्ने भएकाले थप सचेत हुनेपर्ने देखिन्छ । अस्पतालबाट भागेका ती युवाको खोजीकार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.