काेराेना जितेर डिस्चार्ज भए गाउँपालिका अध्यक्ष पाेखरेल

रिपोर्ट नेपाल | 2020 Jun 07 | 02:22 pm 2655

गुल्मी, जेठ २५ः गत १२ जेठमा धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलको प्रादेशिक प्रयोगशाला रुपन्देहीमा स्वाब नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे।

उनी १२ दिनसम्म गाउँपालिकाकै आइसोलेसनमा बसेर आइतबार डिस्चार्ज भएका छन् । डिस्चार्ज भएपछि पोखरेल निकै उत्साही देखिएका छन्‌।

आफूले कोरोनालाई सजिलै जितेको दाबी गर्दै पोखरेलले भने, ‘एकान्तबासमा रहँदा गाउँपालिकालाई नमूना बनाउनेगरी योजना तयार गरेको छु।’ दूई पटकसम्म परीक्षण गर्दा पोखरेलको रिपोर्ट नेगेटिभ आएकाले पोखरेललाई डिस्चार्ज गरिएकोे गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिएका छन्‌।

पोखरेल गुल्मीबाट कोरोना जित्ने दोस्रो संक्रमित बनेका छन्‌। यसअघि मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहस्थित कृषि विकास बैंकका एक कर्मचारी पनि १० दिनमै कोरोनामुक्त भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.