कास्मिरमा गोलाबारी : २ पाकिस्तानी सेनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Dec 26 | 03:17 pm 1650

एजेन्सी, पुस १० : भारत र पाकिस्तान बीचको सीमाना क्षेत्र कास्मिरमा गोलाबारी हुदाँ दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ ।

बिहीबार कास्मिरको लाइन अफ कन्ट्रोलमा भएकाे गोलाबारीमा पाकिस्तानका सैनिक जवानहरु एन सब कन्देरो र मोहम्मद एसहानको मृत्यु भएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ।

पाकिस्तानी सेना प्रवक्ता मेजर जेनरल मसिफ गफुरका अनुसार भारतीय तीन जना सेनाको पनि मृत्यु भएको छ । तर भारतले भने आफ्ना सेनाको मृत्युबारे दाबी भने गरेको छैन ।

पछिल्लो समय भारत र पाकिस्तानको सीमा रेखा एलओसीमा भारतीय सेनाले युद्धबिराम उल्लंघन गरेको पनि पाकिस्तानी सेनाको दाबी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.