कास्की, असोज ७ः नेपाली काङ्ग्रेस कास्कीका युबा नेता कल्याण बाबु भण्डारीले प्रदेश सभा कास्की निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ आकाङ्क्षा प्रस्तुत गरेका छन् । निरन्तर राजनीतिमा सकृय भण्डारी आफ्नो ज्यानलाई भन्दा पार्टीलाई सर्वोपरी ठानेर पार्टीमा सकृयताकासाथ लागेका नेता हुन् ।
नेपाल विद्यार्थी संघ कास्कीको सभापति समेत भइसकेका भण्डारी, लामो समय देखि नेपाली काङ्ग्रेस को राजनितिमा बौद्धिक नेताको रुपमा परिचित नेता हुन् । कुरा हैन काम गर्न, निरन्तरताका लागि नभइ रुपान्तरणका लागि, शासन गर्न नभइ सुशासन निर्माण गर्न, जनताका बिकास र समृद्धि का सपना पुरा गर्न नेपाली कांग्रेसले अंगिकार गरेको वीपीको समाजवादको नीतिले प्रदेश सिंगार्न आफू उम्मेदवार भएको भण्डारीको भनाई रहेको छ।
ओठमा जुगाँको रेखी नबस्दै नेविसंघको राजनीतिमा सकृय रहेका युवा नेता भण्डारी कहिल्यै लोभ र लाभको कुरामा फसेनन् । सबै उमेरका नेता कार्यकर्ता बिच लोकप्रिय मानिने भण्डारी युवालाई अवसर अग्रजलाई सम्मान दिनुपर्ने कुरामा अडिग छन् ।
युवाबीच लोकप्रिय मानिने नेता भण्डारी हरेक युवा कार्यकर्ताको दुःख सुखमा अहोरात्र खट्ने गरेका छन् ।
राजनितिलाई सदा सेवा का रुपमा ग्रहण गर्दै आएका भण्डारी पुराना पुस्ता र नयाँ पुस्तालाई जोड्न सक्ने मध्यमार्गि नेताका रुपमा परिचित नेता हुन्। राजनैतिक क्रान्ति मात्र परिवर्तन होइन ,सामाजिक ,आर्थिक ,बैचारिक ,सांस्कृतिक परिवर्तन हुन आवश्यक छ भन्ने भण्डारीको उम्मेदवारीले नेपाली काङ्ग्रेस बृत्तमा नयाँ उर्जा थपिएको कास्कीका कांग्रेसीहरु बताउँछन् ।
युवा नेता भण्डारी नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा प्रदेश प्रतिनिधिमा अत्यधिक लोकप्रिय मतले बिजयी भएका युवा नेता हुन्। उनको उम्मेदवारीले कास्कीका युवा कार्यकर्ताहरु खुसी भएका छन् ।