नवलपुर, कात्तिक २९ : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोतीमा बिहिबार बिहान बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
पश्चिम दाङबाट काठमाडौंका लागि छुटेको ना ६ख ६३०१ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा चार जना गम्भिर घाइते भएका छन् भने सामान्य घाइते १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर घाइते भएका चार मध्ये देउखुरी–६ की ५० वर्षीया प्रदेसु चौधरी, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी, लमही–९ की ३० वर्षीया कल्पना बुढामगर र दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ४५ यात्रु सवार रहेको बुझिएको छ ।