- तिलाचन पाण्डे
गुल्मी, असार १३: जिल्लाको २ नगरपालिका र १० वटा गाउँपालिका गरि कुल १२ वटा स्थानीय तहहरु रहेको जिल्लामा कालिगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७६।७७ मा अन्य स्थानीय तहले भन्दा फरक कार्यक्रलाई जोड दिएको छ ।
आगामी आर्थिक वर्षमा एक घर एक करेसाबारी कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको हो । कुल ३६ करोड २ लाख ५५ हजारको बजेटमा ४० लाख रुपैयाँ एक घर एक करेसाबारी कार्यक्रमलाई बिनियोजन गरेको गाउँपालिकाका प्रमुख बेद थापा मगरले जानकारी दिए ।
गाउँपालिका भित्रका प्रत्येक घरमा ताजा तरकारी खान पाउने बनाउनका लागि पहिलो प्राथमिकता दिएको र त्यसका लागि पालिकाले प्राबिधिक ज्ञान, बिउँ बिजनसंगै टनेलको पनि व्यवस्था गरिदिने जानकारी दिए ।
गाउँपालिका भित्रका करिब चार हजार घरधुरीलाई स्वच्छ र ताजा तरकारी खुवाउने आफनो लक्ष्य रहेको र व्यवसायीक कृषिलाई प्राथमिकता दिएको दाबी गर्दै पालिका भित्र खपत नभएको तरकारीलाई अन्यन्त्र बिक्री बितरण गर्नका लागि पनि पालिकाले व्यवस्था गर्ने बताए ।
युवाहरुलाई देशमै स्वरोजगार बनाउनका निम्ति र बैदेशिक यात्रामा अमुल्य समयलाई खेर नफाली स्वदेशमानै टिकाई राख्नका लागि पनि व्यवसायीक कृषि कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने पालिकाले दाबी गरेको छ ।