गुल्मी, जेठ १२: नेपाल कम्युनिष्ट पार्टी नेकपा कालिगण्डकी गाउँपालिका गुल्मीले गाउँपालिका भित्रका प्रत्येक घरघरमा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेकपा कालिगण्डकी गाउँपालिका अध्यक्ष रामजी ढकालका अनुसार यहि जेठ १७ गते कालिगण्डकी गाउँपालिकाका सबै वडाहरुको बैठक बसी गाउँपालिकाका सबै वडाका घरघरमा पुगी सदस्यता वितरण, नवीकरण र भेटघाट कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
उक्त भेटघाट तथा सदस्यता वितरण र नवीकरण कार्यक्रम जेठ ३२ सम्म अभियान जारी राख्ने ढकालले जानकारी दिए । कालिगण्डकी गाउँपालिकाको तेस्रो पुर्ण बैठकले यस्तो निर्याण गरेको सचिव मोहोनीलाल भट्टराइले जानकारी दिए ।
साथै कालिगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मिचौरमा अध्यक्ष खेमानन्द पाण्डे र सचिवमा चर्तुभुज पाण्डे संगै २९ सदस्यहरुले सपथ लिएका छन् । उनीहरुलाई जिल्ला सदस्य बालसिंह काउछाले सपथ गराएका थिए ।