कालिकोट, साउन ३ः पहिरो जाँदा कर्णाली राजमार्ग अन्तरगत कालिकोट जुम्ला सडक खण्डको टाकुल्लामा राजमार्ग अवरुद्ध भएको छ ।
राजर्माग अवरुद्ध भएपछि नेपालगंज र सुर्खेतबाट आएका माल बहाक तथा यात्रु बोकेका गाडीहरु राजर्मागमै राकिएका छन् । जुम्ला र मुगुका लागि खाद्यान्न तथा खुद्रा सामान बोकेर आएका मालबहाक गाडीहरु सडकमै रोकिएका हुन् ।
तिलागुफा नगरपालिका संगको समन्वयमा बाटो खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोसीले बताए । राजमार्गका दुई ठाउँमा आएको पहिरो हटाएको जोसीले बताए।
अहिले पहिरो पन्छाउन नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरु लागि रहेका छन् । त्यस्तै राजर्मागको चौखोलामा खोला बढेपछि यातायातका साधनहरु चल्न सकेका छैनन ।