कालिकोटमा भेटियो चितुवा

| 2022 Dec 19 | 08:14 am 1469

कालिकाेट, पुस ३ः कालिकोटमा लोप हुन थालेका चितुवा भेटिन थालेका छन्। दुर्लभ हुँदै गएका चितुवा कालिकोटका विभिन्न ठाउँमा देखिन थालेका हुन्। चोरी सिकारी,बासस्थानको अभावका कारण लोप हुने अवस्थामा पुगेका चितुवा अहिले छिटपुट रुपमा कालिकोटका जङ्गलमा देखिन थालेका हुन्।

जङ्गली क्षेत्रमा चिसो बढ्दै गएका कारणले उनीहरु अहिले बस्ती आपसासमा देखिन थालेको जानकारहरु बताउँछन्।

गत शुक्रबार बेलुका ६.१५ बजे कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–२ को कोट खर्कमा चितुवा भेटिएको थियो।

गाडिमा सवार रहेका बेलामा कर्णाली करिडोर हुँदै सान्नी त्रिवेणी गाउँपालिका–९ डाँफे माध्यमिक विद्यालयका प्रधानध्यापक हीरामणी सिम्खडाले चितुवा देखिएको बताए।

‘कर्णाली करिडोर हुँदै यात्रा गर्दा मैले चितुवा देखेको हुँ’, उनले भने, ‘दुर्लभ हुँदै गएको चितुवा कर्णाली करिडोर क्षेत्रमा भेटिएको हो।’ चितुवा भेटिएको ठाउँ अलि फरक खालको भएकाले आफू अचम्मित भएको प्रधानाध्यापक सिम्खडाको भनाइ छ। ‘बस्ती भएको ठाउँ र निकै व्यस्त रहने सडक नजिक चितुवा भेटिएको छ’, उनले भने, ‘यस क्षेत्रमा लामो समयपछि चितुवा देखिएको हो।’

विगतमा चितुवाले भेडाबाख्रा,गाईभैँसीलाई गोठमा नै आएर आफ्नो आहारा बनाउने गरेकोमा करिब १५/२० वर्ष यता चितुवाले यस क्षेत्रमा दुःख दिएको थिएन। कालिकोट जिल्लामा यसभन्दा अघि कतै नदेखिएको चितुवा अहिले केही ठाउँमा देखिएको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.