कालिकोटमा जीप दुर्घटना

रिपोर्ट नेपाल | 2023 Jun 08 | 10:55 am 1237

कालिकाेट, जेठ २५ ।  सडकमा रोकिराखेको एक जीप आफै गुडेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। प्राप्त समाचार अनुसार चालक नभएको अवस्थामा ग ३ च ४६१० नम्बरको वोलेरो सडकमा आफै गुडेकाे थियाे ।

दुर्घटनामा रास्कोट-१ का ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मन कुमारी शाहीको मृत्यु भएको कालिकोट प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए। घाइते रिता कुमारी शाहीको अवस्था चिन्ताजनक रहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.