काठमाडौं, साउन २४: चितवनका कालिका नगरपालिकाका प्रमुख खुमबहादुर श्रेष्ठले रिपोर्ट नेपालमा प्रकाशित समाचार प्रति आफ्नो ध्यानकर्षण भएको जनाएका छन् ।
बुधबार साँझ एक साधारण पेपरमा इमेलमार्फत समाचारको खण्डन गर्दै मेयर श्रेष्ठले समाचारले आफ्नो चरित्र हत्या गर्नुको साथै मानमर्दन गरेको उल्लेख गरेका छन् । समाचार खण्डनका लागि मेयर श्रेष्ठद्वारा प्रेसित पत्रमा आफूले समाचारमा उल्लेख गरे बमोजिम कुनै कृयाकलाप नगरेको जनाएका छन् ।
हाम्रो समाचार स्रोत प्रति हामी विश्वस्त छौं , मेयर श्रेष्ठले रिपोर्ट नेपाललाई पठाएको खण्डन पत्र जस्ताको तस्तै प्रकाशित गरेका छौं ।
