कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हाे, सरकारकाे राष्ट्रवाद असफल भयाे : देउवा

| 2019 Nov 16 | 11:24 am 1302

कञ्चनपुर, कात्तिक ३० : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको शक्तिशाली सरकारले पनि सीमा विवाद समाधानका लागि पहल गर्न नसकेको आरोप लगाका छन् ।

कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने तर्क राख्दै उहाँले यसतर्फ सरकार तत्काल केन्दीत हुनुपर्ने धारणा उनले राखे । नेपाल प्रेस युनियन कञ्चनपुरले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले सरकार राष्ट्रवादको नारा लिएर हिडेपनि नारा अनुसारको काम गर्न असफल भएको बताए ।

उनले पत्रकार सम्मेलनमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि भएको पुन : दोहोए । उनले भने “कालापानी हाम्रो हो, महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो, सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।”

अहिलेको अवस्थामा भारतले महाकाली सन्धिको कार्यान्वयन गर्नुपर्नेान उल्लङ्घन गरेको तर्क गरे । उनले भने – “महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको हो, यो सन्धि भारतले कार्यान्वयन गर्नुपर्छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.