कास्की, जेठ २६: सरकारद्वारा प्रतिवन्धीत नेत्रविक्रम चन्द (विप्लव) समर्थित नेपाल कम्युनिस्ट पार्टी नेकपा कास्कीले एक विज्ञप्ती प्रकाशित गरी शनिबार आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेकोमा आपत्ति जनाएको छ ।
नेकपा जिल्ला संगठन समिति कास्कीका इन्चार्ज रुपेशद्वारा जारी विज्ञप्तीमा अनेरास्ववियु कास्की र पृथ्वीनारायण क्याम्पस कमिटिको संयुक्त बैठक बसी रहेकाबेला प्रहरीले संविधानले दिएको मौलिक अधिकारलाई कुल्चिएर २२ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको जनाएको छ ।
रुपेशले संविधानले दिएको अधिकार प्रयोग गरी शान्तिपूर्ण तरीकाले बिना हातहतियार जम्मा भै बैठक गरिरहेको अबस्थामा गरिएको गिरफ्तारीको बिरोध गरेका छन्।
