बबरमहलमा कारको ठक्करबाट दुई जना घाइते

रिपोर्ट नेपाल | 2018 Oct 03 | 02:18 pm 2276

काठमाडौं, असोज १७ : नयाँ बानेश्वरबाट बबरमहल तिर आउदै गरेको एउटा कारले दुई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएको समाचार प्राप्त भएको छ ।

विपरित दिशा तर्फबाट आएको कारले बबरमहलको दुर संचार तालिम केन्द्र अगाडी ठक्कर दिएको बुझिएको छ । घाइतेहरुलाई उपचारका लागि निजामती अस्पताल नयाँ बानेश्वर लगिएको छ । घटनाको विस्तृत जानकारी आउन भने बाँकी रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.